काठमाडौँ– भारत सरकारद्वारा नेपाललाई अनुदान स्वरुप १ सय ५० आईसीयू बेड प्राप्त भएको छ ।


ADVERTISEMENT


आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सो आइसीयु बेड हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा भारतको उक्त सहयोगको सराहना गर्दै कानुनमन्त्री कार्कीले यसबाट नेपाललाई कोरोना महामारीको यस समयमा जुध्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने र यसले नेपाल–भारतबीचको निकट सम्बन्धको अतुल्य सद्भभाव दर्शाउने भाव व्यक्त गरे ।

यस्तै, भारतीय राजदूत क्वात्राले पनि आगामी दिनमा पनि कोभिड—१९ विरुद्धको यस लडाईमा नेपाललाई भारतको सहयोग सदैव प्राप्त हुने प्रतिबद्धता जनाएका छन् ।

कोरोना महामारी शुरु भएदेखि नै भारतले नेपाललाई अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर, खोप लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । जसअन्र्तगत गत जनवरीमा भारतबाट १० लाख डोज कोभिशिल्ड खोप प्राप्त गर्ने पहिलो मुलुकहरु मध्ये नेपाल पनि एक हो ।