काठमाडौँ – संयुक्त राज्य अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाइँदैछ । गत सोमबार नेपाल आइपुगेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप  साउन ४ (आज) देखि वितरण गर्ने तयारी थालेको थियो ।


ADVERTISEMENT


र, सोहि योजना अनुरुप नै आजदेखि देशभरका सबै केन्द्रबाट जोन्सनको खोप शुरु गर्न लागिएको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताए । उनका अनुसार, खोप पुग्न बाँकी केही दुर्गम जिल्ला बाहेक सबै जिल्लाबाट खोप दिन लागिएको हो ।


ADVERTISEMENT

# # #


यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई लगाइने मन्त्रालयले जनाएको छ ।

काठमाडौँका यी ४४ वटा केन्द्रबाट खोप लगाइँदैछ ।