काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संशोधन भएर पारित हुने बताएका छन् ।


ADVERTISEMENT


हिमालयन टेलिभिजनको  एक कार्यक्रममा अन्तरवार्ता दिँदै उनले एमसीसी जस्ताको तस्तै पारित नहुने बताउँदै नेपालको राष्ट्रिय हित अनुकूल परिमार्जन र संशोधन गरिने बताए । यस विषयमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको उनले बताए । यद्दपी, अनौपचारिक छलफल भएपनि ठोस कुराकानी भने भइनसकेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्रै यसलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौँ भनेका छौँ ।’