काठमाडौँ – ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफ इन्स्योरेन्समा इन्टर्नका लागि कलेज र कम्पनीबीच सम्झौता भएको छ । सोमवार दुबे पक्षले एक कार्यक्रमकाबीच एमओयु सम्झौतामा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


सम्झौतापत्रमा इन्सोरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रधानाध्यापक डा. देवराज पनेरुले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार ग्लोबलका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुनेछ भने जीवन बीमा शिक्षा तथा सचेतना अभियानमा कलेजको साथ सहयोग रहने सम्झौतामा समेटिएको छ ।