काठमाडौँ– लक्ष्मी उन्नत्ती कोषले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


गत आवको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो कम्पनी रहेको कोषको सञ्चालक समितिको आज बिहान सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाको सेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

# # #


लक्ष्मी बैंकद्वारा प्रवर्धन र गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको यस कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो ।