काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एउटा तस्बिरलाई लिएर गरेको ट्वीट विवादित बनेको छ ।


ADVERTISEMENT


बाबुरामले बुधबार ट्वीटरमा आदित्यनाथको एउटा तस्बिर पोष्ट गरेका छन् । जसमा आदित्यनाथ गंगामा दूधधारा अर्पण गरिरहेको देख्न सकिन्छ । तर, त्यही तस्बिरको माथितिर ‘धार्मिक आस्था निकै खतरनाक कुरा हो, यसले तपाईंलाई दूध पोखेर पिशाब पिउने अवस्थामा पुर्याउँछ’ लेखिएको छ ।


ADVERTISEMENT

# # #


यद्दपी बाबुरामले आफ्नो ट्वीटरमा फोटोसहित भारतमा रहेका मेरा सहपाठीहरुद्वारा प्रशारित भनेर लेखेका छन् । उनको उक्त ट्वीटको व्यापक आलोचना भइरहेको छ ।

झाबद्रिनाथ युजरनेम भएका एक प्रयोगर्ताले बाबुरामको ट्वीटको आलोचना गर्दै १५ हजार नेपालीको ज्यान जानेगरी भएको माओवादीसम्झाएका छन् । उनले भनेका छन्, ‘आदित्यनाथले खोलामा दूध बगाउँदा कटाक्ष गर्दै ट्वीट गर्ने पात्रले ‘अनेकौं नेपालीको रगत खोलामा बगाएको’ मा आज सम्म क्षमा गरेका छैनन् नेपालीले । तपाईंको विकास प्रतिको हुटहुटी र सादगीपनको म प्रसंशक। तर,यस्ता क्षुद्रतामा न‌अल्झिनूस् भन्न चाहें।’

यस्तै कुमार गोबिन्द नामका प्रयोगकर्ताले बाबुरामबो ट्वीटले हिन्दु आस्थालाई होच्याएको बताउँदै ट्वीट फिर्ता लिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया यो ट्वीट फिर्ता लिनु राम्रो होला बाबुराम सर । गंगामा दूध चढाउने कार्यले कसैको ज्यान जाँदैन र कुनै जोखिम पनि छैन । हिन्दूहरुमा प्रकृति पुजा गर्ने चलन हो। यो ट्वीटले हिन्दू आस्थामाथि खिसी गरेको, होच्याएको देखाउँछ । जबकि यो कार्यले अर्को पक्षलाई केही हानी छैन ।’

बाबुरामको ट्वीटबारे कसले के भनेका छन् ?