काठमाडौँ– काठमाडौँ खोपकेन्द्रहरुले १८ वर्षमाथिका सबै समूहलाई जोन्सन एण्ड जोन्सन खोप वितरण गरिएको छ ।


ADVERTISEMENT


अमेरिकाद्वारा कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त सो खोप काठमाडौँमा बुधवारदेखि १८ वर्षमाथिका सम्पुर्ण उमेर समूहलाई दिन थालिएको हो ।


ADVERTISEMENT

# # #


शुरुमा प्राथमिकता अनुसार, ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायत विदेश जानेलाई समेत दिने भनिएको यो खोप दुई दिनसम्म वितरण गर्दा पनि बाँकी भएपछि सबै समूहलाई दिन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

खोपको मात्रा बाँकी भएसम्म यस अभियानलाई निरन्तरता दिने उनको भनाई छ ।

एक मात्रा मात्रै लगाए पुग्ने भनिएको सो खोप लगाउन सर्वसाधारणले महानगरपालिकाले तोकिएको काठमाडौँको जुनसुकै खोपकेन्द्रबाट पनि प्राप्त गर्न सकिने प्रजिअ पराजुलिले जनाए । यसका लागि महानगरपालिकाले काठमाडौँमा कुल २८ वटा खोप केन्द्र तोकेको छ ।

यी हुन् महानगरले तोकेको काठमाडौँका २८ खोप केन्द्रहरु

१. वीर अस्पताल(महाबौद्व)
२. त्रिवि शिक्षण अस्पताल(महाराजगञ्ज)
३. निजामती कर्मचारी अस्पताल(बानेश्वर)
४. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल(टेकु)
५.परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल(थापाथली)
६. काठमाडौं मेडिकल कलेज(सिनामंगल)
७.नेपाल प्रहरी अस्पताल (पानीपोखरी)
८.वीरेन्द्र सैनिक अस्पताल (छाउनी)
९. पिपल्स डेण्टल तथा जनरल अस्पताल (सोह्रखुट्टे)
१०. हिमाल अस्पताल (ज्ञानेश्वर), सामुदायिक स्वास्थ्यसेवा परिषद (डल्लु)
११. छत्रपाटी निःशुल्क चिकित्सालय (क्षेत्रपाटी)
१२. जनमैत्री अस्पताल (बालाजु)
१३.मनमोहन अस्पताल (स्वयम्भू)
१४. काठमाडौं मोडल अस्पताल (प्रदर्शनी मार्ग),
१५.ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर (धुम्बाराही)
१६. शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र (बाँसबारी)
१७. नेशनल हस्पिटल (कलङ्की)
१८. रामघाट प्राथमिक स्वास्थ्य केन्द्र (गौशाला)
१९. कान्तिपुर अस्पताल (तीनकुने)
२०. राधास्वामी आइसोलेशन सेन्टर (बसुन्धरा)
२१. जनकल्याण माध्यमिक विद्यालय(महांकाल)

२२. नरदेवी आयुर्वेद अस्पताल (नरदेवी)
२३. महेन्द्रनारायणनिधि अस्पताल (बसुन्धरा)
२४. नेपाल भारत मैत्री अस्पताल (चावहिल)
२५. मेट्रो अस्पताल (नारायण गोपाल चोक)
२६. इरा इन्टरनेशनल अस्पताल (सोह्रखुट्टे)
२७. हेल्पिङ् ह्याण्ड्स अस्पताल (चावहिल)

२८. सामुदायिक स्वास्थ्यसेवा परिषद (डल्लु) ।