काठमाडौँ– नेपाली सेनाद्वारा गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक भएको छ ।


ADVERTISEMENT


रक्षा मन्त्रालयले बुधबार नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आ.व. ०७७/७८ को अन्त्यसम्ममा प्रगति विवरण सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत सेनाले ०७७/७८ आ.वमा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा बार्षिक प्रगति ९७.३४ प्रतिशत प्रगति देखिएको छ भने, आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० प्रतिश र वित्तिय तर्फ १४.५१ प्रतिश लक्ष्य हासिल भएको उल्लेख छ ।

यस्तै, सुरुङ्ग ठेक्का सहित सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु प्याकेजहरु समेत सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना अनुसार, ८ वटा बेलिबृज जडान गरी सञ्चालनमा ल्याईएको छ भने अन्य जडान हुने क्रममा रहेको छ साथै पुल तथा सुरुङ्ग निर्माण कार्यको लागि आवश्यक पर्ने पहुंच मार्ग निर्माण कार्य अगाडी बढाईएको छ । जसअन्तर्गत ५ स्थानमा बेसिक ल्याब इक्विप्मेन्ट जडान गरी गुणस्तर परीक्षणको समेत थालनी गरिएको छ ।

जग्गा अधिकरण तथा मुआब्जा वितरणको हकमा सेनाले खोकना-बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न श्री राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको जनाउँदै रुख कटान तथा व्यवस्थापन सम्बन्धि कार्य शतप्रतिशत रुपमा सम्पन्न गरिएको जनाकारी दिएको छ ।

सेनाले सरकारबाट सेनालाई प्राप्त जिम्मेवारीअनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना कोभिड–१९ को कारण भएको ढिलाइका बाबजुद पनि समयमै सम्पन्न गर्ने प्रतिबद्वता जनाएको छ ।