काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामसख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।


ADVERTISEMENT


सांसद रावलले पार्टी र जनताले राजीनामा फिर्ता लिन दबाब दिएपछि आफूले निर्णय सच्याएको बताएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिनु केहीमिनेट अघि साउन ३ गते (गत आइतबार) राजीनामा दिएका थिए ।


ADVERTISEMENT

# # #


उनले राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेको र आफू अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि प्रतिनिधिसभाबाट राजीनामा दिएको बताएका थिए । उनले भनेका थिए, ‘अनैतिक राजनीति तथा देशर र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले त्यस प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको पदबाट राजीनामा दिएको छु ।’

उनको राजीनामा पछि पार्टी अध्यक्ष केपी शर्माओलीले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । यस्तै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले उनकै निवास पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।