काठमाडौं – नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कर्प्स–नेपाल (एचसीसी–एन)मा नयाँ डिन चयन गरिएको छ ।


ADVERTISEMENT


नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त कुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी पोल्याण्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।


ADVERTISEMENT

# # #


एचसीसी–एनको १४ औं ‘चार्टर्ड डे’को अवसरमा शुक्रबार आयोजित एक औपचारिक समारोहका बीच तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गरेका हुन् । एचसीसी–एनले प्रत्येक वर्षको जुलाई २३ का दिन ‘चार्टर्ड डे’ मनाउँदै आएको छ । सोही दिन एचसीसी–एन डिनको पद पनि हस्तान्तरण गर्ने प्रचलन रहेको छ ।

सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।