काठमाडौँ – नेपालले आयात घटाएर निर्यात प्रवद्र्धन गर्ने नीति लिएपनि वैदेशिक व्यापारमा निर्यात भने दयनीय देखिएको छ । यस वर्ष ४४ प्रतिशतले निर्यात बढे जस्तो देखिएपनि नेपाली माल वस्तुको निर्यात भने हुन सकेको छैन ।


ADVERTISEMENT


भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको वर्ष पाम र सुर्यमुखी तेलको निर्यातको हिस्सा मात्रै कुल निर्यातको ५७ प्रतिशत रहेको देखिएको छ । जबकी, यो नेपाली उत्पादन नभई विदेशबाट कच्चा पाम र सुर्यमुखी ल्याएर प्याकिङपछि भारतमा पैठारी गरिन्छ । भारतमा यस्तो खाने तेलको माग उच्च रहेपछि व्यापारीले अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर प्याकिङपछि पैठारी गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


भन्सार विभागकाअनुसार यसरी विदेशबाट ल्याएर प्याकिङपछि पैठारी गर्ने पाम र सुर्यमुखी तेलको निर्यात मात्रै रू. ५५ अर्ब ९४ करोड रहेको छ । यसले समग्रमा नेपालको निर्यात बढाए जस्तो गरेपनि अन्तरराष्ट्रिय व्यापारमा भने नेपालले आफ्नो उपस्थिति जनाउन नसकेको अर्थविद्हरुले बताउँदै आएका छन् । ‘विदेशबाट ल्याएर प्याकिङपछि निर्यात गर्दा अल्पकालीन रुपमा निर्यात बढे जस्तो देखिएपनि दीर्घकालीन रुपमा यसले कुनै फाइदा गर्दैन,’ अर्थविद् डा. शंकर शर्माले बताए ।