दक्षिण कोरिया – दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ ।


ADVERTISEMENT


कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका सङ्क्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन् । यो भाइरस उच्च गतिमा सङ्क्रमण हुने गर्दछ ।

पछिल्लो समय थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च हो । दक्षिण कोरियामा केही दिनयता दैनिक संक्रमण २ हजार बढी देखिन थालेको छ भने सरकारले २ जनाभन्दा बढी भेला हुन नपाइने गरी कडा लकडाउन गरेको छ । हालसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ८४ हजार १०३ पुगेकोमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ६३ रहेको छ । रासस