काठमाडौँ – बागमती सरकारले सवारी नवीकरणदेखि राजस्व भुक्तानीसम्मको सेवा अनलाइनमार्फत शुरु गरेको छ ।


ADVERTISEMENT


शुक्रवारदेखि बागमती प्रदेशभित्रका सवारी धनीका लागि ब्लुबुक नवीकरण, सवारी कर,जरिवाना लगाएतका सेवा अनलाइनमार्फत शुरु गरिएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइटबाट र नागरिक एपबाट यो सेवा लिन सकिनेछ ।

अनलाइन नवीकरण तथा भुक्तानीका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्था सूचना प्रणाली पनि लागू गरेको छ । जुन प्रणालीमा गएर सवारी धनी लगइन पोर्टलबाट नयाँ दर्तामा क्लिक गरी यो सेवा लिन सकिनेछ ।