झापा– बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा दमक नगरपालिकाका– १० घर भई हाल वडा नं ५ मा बस्दै आएका ४७ वर्षीय बिनोद कुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रहरी कार्यालयका अनुसार, फरार भएका कार्कीमाथि उच्च अदालत पाटनले गत मंसिरमा गरेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दा शिर्षकमा तीन दिन कैद, रु. ७ लाख र पिडित राहतकोषमा रु. २८ हजार रकम जम्मा गरिनुपर्ने जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि भद्रपुर अदालतमा उपस्थित गराइएको छ । र, अदालतको आदेशबमोजिम पीसीआर परीक्षण गराएका उनलाई रिपोर्ट नेगेटिभ आए पश्चात् बाँकी कैद भुक्तानको लागी श्री कारागार कार्यालय चन्द्रगढी पठाउने निर्णय गरिएको छ ।