काठमाडौँ– ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ सौन्दर्य प्रतियोगिताको अडिसन खुला भएको छ ।


ADVERTISEMENT


स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको सो प्रतियोगिताको अडिसन खुला गरिएको जानकारी इन्टरटेनमेन्ट अध्यक्ष अम्बिका अर्यालले दिएकी हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भइसकेका छन् ।

विवाहित एवम् अविविहित दुवै महिलाहरुमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अर्यालको भनाई छ ।

यस्तै, स्पार्कलका उपाध्यक्ष सुनिला केसी र कोषाध्यक्ष प्रमिला प्रधानंगले पनि विवाह अघि र विवाह पछि पनि प्रतियोगीको करियरलाई थप मद्दत पुर्‍याउने उद्देश्यले सो प्रतियोगिता गर्न लागेको  बताए ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण दिइने स्पार्कलले जनाएको छ । त्यसक्रममा उनीहरूलाई कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनुका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइनेछ।

अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा रहेको उक्त प्रतियोगिताको मुख्य निर्णायक मण्डलमा भने रुवी राणा एवम् प्रियारानी रहनेछन् । नितु श्रेष्ठद्वारा को–ओडिनेट गर्न लागिएको सो प्रतियोगितालाई बाजेको सेकुवाले स्पोन्सर गर्ने भएको छ ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्यापर प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिनुका साथै विजेताले  कोरियन ब्राण्डको द सीम नेपालको एम्बेसडर बन्ने मौका समेत पाउनेछन् । त्यस्तै फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको अन्तिमस्पर्धा भदौ १९ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना गरिने आयोजकले जनाए ।