काठमाडौँ – जनता समाजवादी पार्टी जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् ।


ADVERTISEMENT


आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको उनले बताए । जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न नियत र नैतिकताले नदिएको उनको भनाई छ । उनले भने, ‘आज जेलबाट आएर पक्ष वा विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिए । मरो लागि पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’


ADVERTISEMENT

# # #


उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारे पनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरे । ‘मेरो पार्टीमा अध्यक्षहरुमध्ये महन्थ ठाकुरप्रति मलाई अत्यन्तै श्रद्धा लाग्छ । उहाँ हाम्रो लागि अत्यन्तै सम्मानको पात्र हुनुहुन्छ ।’ उनले भने, ‘कसैले बाजी मार्ला तर, जिन्दगीभरि कमाएको निष्ठाका लागि महन्थ ठाकुरप्रति एउटा निष्ठाको दर्जा कायम गरिदिनु हुन्छ आग्रह गर्छु ।’

जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो । निर्वाचन आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।

जसका लागि उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समिति सदस्यहरुले सनाखत गरेका छन् ।