काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगमा सोमवार भएको केन्द्रीय कार्यकारिणी समितिको सनाखद पश्चात आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो ।


ADVERTISEMENT

# # #


आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कार्यकारिणी समितिको सनाखद पछि यादव पक्षलाई आधिकारिकता प्रदान गरेको जानकारी दिए । उनले यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ सदस्य हाजिर भएको बताए । त्यस्तै एक जना तटस्थ रहेको श्रेष्ठले बताए । आयोगले ठाकुर पक्षलाई अर्को दल दर्ता गर्नसमेत सूचना जारी गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सनाखदका क्रममा जसपा बन्दाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिक मान्दै निर्वाचन आयोगले सनाखदका लागि सबै सदस्यलाई आयोगमा बोलाएको थियो । आधिकारिकता पाएसँगै अब जसपाको चुनाव चिन्ह, नाम, झण्डा यादव पक्षले पाउने छ ।