काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा बसेको सो पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाले मुल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए । पन्तले आफुहरुको गतिविधी र कामकारवाहीहरुले एकताको वातावरण भत्काउने काम नहुनेमा बैठकले जोड दिएको उनको भनाई छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने बिषयमा पनि छलफल भएको पन्तले बताए ।