काठमाडौँ – प्रतिनिधिसभा सदस्य गजेन्द्र बहादुर महतले सरकारलाई गफ नभई काम गरेर देखाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले भर्खरै मात्रै गफाडी ओली सरकारलाई बिदा गरेकाले अहिलेको सरकार पनि गफ हुने हो कि भन्ने आफूलाई चिन्ता लागेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उर्जामन्त्री पम्फा भुसालको गरिबलाई निःशुल्क बिजुली उपलब्ध गराउने अभिव्यक्तिबारे टिप्पणी गर्दै महतले भने, ‘झट्ट हेर्दा यो शब्द लोकप्रियजस्तो लाग्छ, तर कालान्तरमा यो हाम्रो जिब्रोको पासो हुनेछ ।’

पैसा तिरेर समेत कर्णालीका जनताले बिजुली नपाएको बताउँदै उनले अघि थपे, ‘भर्खरै हामीले एउटा गफाडी सरकारलाई बिदा गरेका छौँ । अब अर्को सरकार पनि गफाडी हुने हो कि भनेर मलाई चिन्ता लागेको छ । किनभने खनखनी पैसा दिउँला हामीलाई बिजुली चाहियो भन्दा त कर्णालीमा बत्ती पुगेको छैन भने निःशुल्क बत्तीको कुरा नगर्दा राम्रो होला ।’

अगुल्टाले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ भनेजस्तै आफूहरु अहिले संसदको लागो लुकाएर हिंड्नुपर्ने अवस्था आएको बताए । ‘सभामुख महोदयलाई पत्यार लाग्छ कि लाग्छदैन, अहिले हामी यो लोगो लुकाएर हिंड्छौँ बाटोमा । धेरै गाह्रो भइरोको छ ।’ उनले भने, ‘त्यसकारण यो सरकारलाई त्यो ज्ञात होस् ।’