काठमाडौँ – नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका चार पूर्वमाओवादी नेताहरुले सांसद पदको पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन् ।


ADVERTISEMENT


बुधबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा पुगेर रिट दायर गरेका हुन् । आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएले पुनर्बहाली गरिनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।


ADVERTISEMENT

# # #


गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतालाई खारेज गरेको थियो । सर्वोच्चको फैसलापछि यी नेताहरुले माओवादी त्यागेर एमालेमा रहने निर्णय गरेका थिए ।

पार्टी त्यागेकाले उनीहरुलाई कारबाही गर्दै माओवादी केन्द्र सांसद पदबाट मुक्त गरेको थियो ।