कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमी नगरपालिका तीन दुविया स्थीत भरही सिंचाइ योजना सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


एशियाली विकास बैंकको सहयोगमा विगत चार वर्ष देखी योजना सन्चालनमा आएसंगै यहाँका किसानले समयमै खेतीपाती गर्न पाएका छन् । कपिलवस्तुको दुवियामा निमार्णाधीन भरही सिँचाई योजना सञ्चालनमा आएसंगै दुई सय हेक्टर जमिन सिंचित भएको छ भने १५ सय स्थानीय लाभान्वित भएका छन् ।


ADVERTISEMENT

# # #


एशियाली विकास बैँकको तीन करोड २७ लाखको लागतमा यो सिँचाइ योजना सञ्चालनमा छ । मुल नहर सात किलोमिटरसँगै तीन वटा शाखा नहर समेत बनेका छन् । सिँचाइ योजना सम्पन्न भएपछि यस भेगका किसान हर्षित भएका छन् ।

८३ हजार हेक्टर क्षेत्रफल रहेको कपिलवस्तुमा हालसम्म झन्डै ४० हजार हेक्टर सिंञ्चित रहेको डिभिजन सिंचाई कार्यालय तौलीहवाले जनाएको छ ।