नेपाली कांग्रेसका नेता बहादुर लामासंग गरिएको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी अभियान कसरी अगाडी बढिरहेको छ ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस जहिले पनि प्रजातान्त्रिक अभ्यासमा जाने पार्टी हो । त्यसैले चुनावका लागि कहिल्यै पनि पछाडी परेको छैन । नेपाली कांग्रेस चुनाव चाहने पार्टी भएकाले जनताको अभिमतलाई कदर गर्ने पार्टी हो । त्यसैले निर्वाचनको उम्मेद्वारी पनि दर्ता भइसकेकोले वर्तमान अवस्थामा पार्टीहरु चुनावको प्रचार प्रसारमा व्यस्त देखिन्छन्  । चुनावको माहोल गाउँ–गाउँमा बनिसकेको छ । प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडी बढिरहेका छन् । यसैले चुनावी अभियान अब सुरु भइसक्यो ।

तपाईको गृह जिल्ला नुवाकोटमा चुनावको माहोल कस्तो छ ?

नुवाकोटलाई नेपाली कांग्रेसको एउटा उर्बर भूमीका रुपमा पनि चिनिन्छ । यसभन्दा अघिको निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेस निर्वाचित भएको थियो । त्यस कारण नुवाकोटमा त्यती डर छैन । किनकी पहिलेको निर्वाचनमा पनि कम्युनिस्टहरु एक भएकै हुन् । तर जित्न सकेनन् । नुवाकोटका सबै क्षेत्रहरुमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको छ । निर्वाचनको अभियान पनि त्यही अनुरुप अगाडी बढिरहेको छ ।

दुई ठूला पार्टी एमाले र माओवादीले चुनावमा गठबन्धन गरिरहँदा निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि नेपाली कांग्रेसले अब कुन रणनीतिका साथमा अगाडी बढ्नुपर्छ ?

कांग्रेस एउटा ‘मासवेस’ पार्टी हो । संसारबाट कम्युनिस्ट लगभग हटिसकेको छ । नेपालका कम्यनिस्ट पार्टीहरुलाई पनि हामीले प्रजातान्त्रिक धारमा ल्याएका छौँ । कम्यनिस्टको खोल ओढे पनि उनीहरु लोकतन्त्रवादी भइसकेका छन् । लोकतन्त्रको पक्षधर सबैले कांग्रेसलाई साथ दिन्छन् । म के आह्वान गर्न चाहन्छु भने सबै लोकतन्त्रवादी शक्तिहरु
एक हुनुपर्छ । अहिले कम्युनिस्ट पार्टीको स्थापना गर्ने भनेर बामपन्थीहरु एकजुट भएका छन् । तर उनीहरुले गरेका कामले गर्दा जनताले भोट दिँदैनन् । नेपाली कांग्रेस निर्वाचनसंग कहिल्यै पनि डराउँदैन । लोकतन्त्र देशबाट जाला भनेर डराएको हो । नत्र हामी डराउने कुनै कारण छैन । उनीहरुले स्थानीय तहमा पहिलो भयौँ भन्ने आधारमा या निर्वाचनमा पनि प्रमुख दल हुन्छौँ भन्ने सोचेको भए त्यो बिलकुलगलत हो ।

यो निर्वाचनमा तपाईँको उम्मेद्वारी कुन रुपमा हुँदैछ ?

नुवाकोटमा पहिले ३ वटा निर्वाचन क्षेत्रहरु थिए । राज्य पुनर्संरचना पछि अहिले दुई वटा भएको छन् । त्यस कारण हाम्रो दुई जना नेताहरु हुनुहुन्छ । उहाँहरुले अन्तिम पटक लड्ने भनिसकेपछि मलाई पनि बाध्यकारी भयो । उम्मेद्वारका रुपमा जनतामाझ विगतमा आफूले गरेका काम, एजेण्डाहरु लिएर जाने सोच पूरा भएन । तैपनी पार्टीले समानुपातिकमा तपाईलाई राखिसकेको छ भनेपछि यसको तयारीमा लागिरहेको छु । म पनि उम्मेद्वार छु भनेर जनतामाझ जाँदैछु ।

नुवाकोटमा तपाईले गरेका विकासका कामहरु जनताले बुझ्ने गरी बताइदिनुस् न । तपाईलाई जनताले भोट दिने आधार के ?

मेरो क्षेत्रको कुरा गर्नु पर्दा पहिला देखिको कुरा गर्नुपर्ने हुन्छ । आर्थिक समृद्धिका लागि पहिले पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ । त्यसका लागि सडक निर्माणका लागि मैले त्रिसुली खोलामा मात्रै चार वटा पूल राखेको छु । जुन निर्माणधीन अवस्थामा छन् । त्यस्तै गरी अन्य पुलको पनि प्रत्रिया अगाडी बढेको छ ।

अन्य सडक निर्माणका कामहरु पनि अगाडी बढेका छन् । त्यस्तै मध्य पहाडी लोकमार्ग नुवाकोटमा आउनुमा पनि मेरो विशेष पहल छ । सडकले जोडे पछि विकासका अन्य कुराहरु पनि आफै जोडिएर आउँछन् । भूकम्प पश्चातको पुनर्निमाणका लागि पनि आवश्यक पहल गरेको छु । त्यस्तै जल विद्युतका आयोजनाहरु पनि निर्माण प्रक्रियामा रहेका छन् । विभिन्न ठाउँका स्कुल तथा कलेजहरुका भवन निर्माण र स्तरोन्नतीका लागि पनि मैँले पहल कदमी अगाडी बढाएको छु । त्यहाँका समुदायमा खानेपानी, सिँचाई, स्वास्थ्य चौकीको सेवा सुविधा पुर्याउन पनि मैले महत्वपूर्ण काम गरेको छु ।

त्यहाँका समुदायमा खानेपानी, सिँचाई, स्वास्थ्य चौकीको सेवा सुविधा पुर्याउन पनि मैले महत्वपूर्ण काम गरेको छु । त्यस कारण नुवाकोटका विकास गर्न सकेमा यसले राष्ट्रलाई नै विकासमा योगदान गर्न सक्छ । त्रुशूली थ्री ए, बी, सी लगायतका कयौँ ठूला प्रोजेक्टका जलविद्युत् आयोजनाको निर्माण पछि यसले मुलूकको समृद्धिका लागि नै ठूलो योगदान दिन्छ । चिनिँया सरकारको सहयोगमा नुवाकोट दरबार बन्दैछन् । त्यहाँको पर्यटनका विकासका लागि पनि काम अगाडी बढाउनु पर्छ ।

निर्वाचनको प्रक्रिया चलिरहँदा आम मतदाताहरुलाई के भन्नुहुन्छ ?

जनतालाई समृद्ध बनाउनु पर्छ भनेर म आत्मै देखि यो अभियानमा लागेको हो । पूर्वाधारको विकास नभएर समृद्धि हुन सक्दैन । जनताले मलाई विश्वास गरेका छन् र त्यही विश्वास कै आधारमा मैँले काम गरेको छु । इतिहासमै नभएको काम भएको छन् भन्नेकुरा विपक्षीले पनि बोलिदिएको छन् । त्यसैले गर्दा म के आह्वान गर्छु भन्दा नुवाकोट जिल्ला कांग्रेस र लोकतन्त्रले मात्रै सम्भव छ । शान्ति भएपछि मात्रै विकास हुन्छ भन्ने कुरा जनतालाई म आह्वान गर्न चाहन्छु । त्यो भएकोले नेपाली कांग्रेसलाई जतिसक्दो भोट दिएमा लोकतन्त्रलाई बचाउन सकिन्छ । नेपाली कांग्रेसको रु चिन्हलाई भोट दिएर लोकतन्त्रको संरक्षण गर्दै समृद्ध मुलूक बनाउनमा सहयोग गर्न म अनुरोध गर्न चाहन्छु । अर्को कुरा के हो भने मैलेँ आफ्नै गाउँमा अस्पताल सञ्चालनका लागि चार रोपनी जग्गा दान दिएको छु । मनकामना गाविसमा त्यो अस्पताल बनिसकेको छ । त्यसमा मैँले आमाको स्कृतिमा एउटा भवन पनि बनेको छु । जनताको सेवाका लागि म आत्मैदेखि लागेको कारण यस पटक रुख चिन्हमा भोट दिएर मलाई तपाईहरुको सेवा गर्ने अवसर प्रदान गरिदिन म आग्रह गर्दछु ।