काठमाडौं । लक्ष्मी क्यापिटलले ब्यबस्थापन गरिरहेको सामुहिक लगानी कोष योजना (लक्ष्मी इक्विटी फण्ड) को लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ का लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।


ADVERTISEMENT


जस अनुसार कोषले इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ ।


ADVERTISEMENT

# # #


क्यापिटलले ब्यबस्थापन गरिरहेको अर्को योजना लक्ष्मी उन्नति फण्डले आर्थिक वर्ष ७७/७८ का लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिसकेको छ । योसंगै लक्ष्मी क्यापिटलले ब्यबस्थापन गरिरहेका २ वटै योजनाको लाभांश घोषणा भएको छ ।