ललितपुर– भुकम्पका कारण क्षतिग्रस्त हिरण्यवर्ण महाविहार तथा दिगि छेँको पुननिर्माण कार्य सुरु भएको छ ।


ADVERTISEMENT


ललितपुर जिल्लामा रहेको उक्त महाविहार पुर्नस्थापना कार्यअघि पराम्परागत संस्कृति अनुरुप बिहिवार स्थानियले क्षमा पुजा गर्दै सोको पुनर्निर्माण कार्यको थालनी गरिएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्ट्याच(INTACH) का अधिकारीहरुको उपस्थिति रहेको थियो । भारत सरकारको सहयोगमा बन्न लागेको उक्त महाविहार रु १८. १ करोडको लागतमा पुनर्निर्माण हुन लागेको हो ।

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्व मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो । भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो । ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।