बर्दिया– लागुऔषध ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं– ३ उत्तर टेडिया स्थित मुरैया- टेडिया सडक खण्डमा गेरुवा बाट टेडिया तर्फ आउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको प्रहरी टोलिले गेरुवा गाउँपालिका–६ बेलभरिया बस्ने बर्ष २९ को रबीन थारुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, उनी स्वयम् आफैँले चलाएर ल्याएको से.१ प ७८१४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा ४५० मिलिग्राम लागु औषध (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् ।

प्रहरी हिरासतमा रहेको हाल उनको अन्य अनुसन्धान कार्य जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।