जनकपुर– देशका विभिन्न स्थानमा आफ्नो फाइबरनेट सेवा विस्तार गर्दै आएको डिशहोमले अब जनकपूर जिल्लामा पनि सेवा विस्तार गरेको छ ।


ADVERTISEMENT


देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्न योजना बनाएको डिशहोमले यसपटक जनकपूर जिल्लामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।


ADVERTISEMENT

# # #


यससंगै कम्पनीले अब छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्ने तयारी थालेको छ ।

डिशहोम फाइबरनेट देशवासी माँझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा सुरु गरेको डिशहोमले कम्पनीले सुरुवाती चरणमा काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा सेवा विस्तार गरेको थियो । डिशहोमले बर्दिवास, बुटवल, ढल्केबर, शंखमुल र विराटनगरबाट पनि फाइबरनेट सेवा प्रदान गरिरहेको छ ।

पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि चाँडै पुग्ने कम्पनीले जनाएको छ । प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्धत यस कम्पनीको डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप, एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।