काठमाडौँ– ओप्पोमोबाइल कम्पनीले यही मार्च २३ मा आफ्नो एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ डुअल सेल्फी क्यामेरासहितको फोन एकैपटक विश्वका पाँच बजारमार्फत सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।


ADVERTISEMENT


‘सेल्फी एक्स्पर्ट’का लागि यसमा रहेको ओप्पोकै पहिलो डुअल सेल्फी क्यामेरा एफथ्री सिरिजकै प्रमुख विशेषता हो । यसमा उपलब्ध गरिएको १६ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा र ८ मेगा पिक्सेलको सवक्यामेराले उच्च गुणस्तरिय तस्बिर खिच्ने कम्पनीको दाबी छ ।


ADVERTISEMENT

# # #


भारत, ईन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस एकैपटक सार्वजनिक गर्ने तयारी गरिरहेको ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेसनल मोबाइल बिजनेसका प्रबन्ध निर्देशक स्काइ लीले बताएका छन् । एफथ्री सिरिजले सेल्फी प्रविधिलाई नयाँ उचाइमा लैजाँदै नयाँ ट्रेण्ड सेट गर्नेमा उनी विश्वस्त छन् ।