काठमाडाौँ– पछिल्लो समय कोरोना ग्राफ पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यस्तै, सो अवधिमा दुई हजार २० जना भने सङ्क्रमणमुक्त भएका छन् । आज १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८७५ पुगेकोे छ ।


ADVERTISEMENT

# # #


सङ्क्रमण मुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ । हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको सङ्ख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ । रासस