काठमाडौँ – नेपाल प्रहरीले म्याद गुज्रिएको सामानलाई ‘रिलेबलिङ’ गर्ने गोदाममा छापा मारेको छ ।


ADVERTISEMENT


आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भर्याङस्थीत एक घरमा छापा मार्दा म्याद गुज्रिएको सामानमा ‘रिलेबलिङ’ गर्ने गरेको पाइएको हो । सो क्रममा प्रहरीले वीरगन्ज घर भएका अविनाश अग्रवाल र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । म्याद गुज्रिएका सबै प्रकारका सामानहरू ल्याएर अर्को म्याद भएको लेबल टाँसेर पुन विभिन्न ठुला मार्टहरूमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले घरायसी सामानहरुलाई पुन लेवलिङ गरेर पुन बजारमा पठाइएको पाइएको जानकारी दिए । भाटभटेनी बिगमार्ट लगाएतका स्थानबाट सामान ल्याएर ’रिलेबलिङ गरेको देखिएको उनको भनाई छ ।

अग्रवालले साढे तीन तल्लाको घर भाडामा लिएर यस्तो काम गर्दै आएको खुलेको छ । प्रहरीसहित पुगेको वाणिज्य विभागको टोलीले उक्त घरमा सिलवन्दी गरेको छ ।