काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिंदै थप जीवनरक्षक सामग्री प्रदान गरेको छ ।


ADVERTISEMENT


सोमबार नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज रु १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मुल्य बराबरको ८०० थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई हस्तान्तरण गरेकी हुन् ।
नेपालको कोभिड–१९ प्रतिकार्यका लागि यूएनएफपिएबाट प्राप्त सहयोग नेपाल–चीन सरकार र युएनएफपीएबीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको हो ।


ADVERTISEMENT

# # #


उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै डा टिंकरीले भने, ‘हामीलाई अहिलेको आपतकालीन स्थितिको सामना गर्न र सम्भावित तेस्रो लहरको लागि तयारी गर्न अक्सिजन चाहिन्छ । चीन सरकार र यूएनएफपिएको यो सहयोगले अक्सिजन आपूर्ति सहज रहेका स्वास्थ्य संस्थाहरुमा पहुँच बढाउन मद्दत गर्नेछ ।’ यस्तै, उनले सामूहिक कोभिड–१९ प्रतिकार्यमा अन्तरराष्ट्रिय विकास साझेदारहरुसंगको साझेदारीको कदर गर्ने बताए ।

महामारीले महिला र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुमाथि निकै ठूलो असर पारेको छ, जसले परिवार नियोजनसहित यौन तथा प्रजनन स्वास्थ्य सेवाहरु प्राप्त गर्न ठूला व्यवधानका साथै लैङ्गिक हिंसाको बढ्दो जोखिमको सामना गरिरहेका छन् । ‘कोभिड–१९ का बिरामीहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दा हामीले महिला र किशोरीहरुमाथि यो अप्रत्यासित महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीहरुको सुरक्षा, लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको सम्बोधन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीहरुको आपूर्ति सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको निरन्तरतालाई सुनिश्चित गर्नुपर्छ’, यूएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले भने ।

प्रजनन उमेरका महिलाहरु तथा किशोरीहरुको विशेष र निश्चित आवश्यकताहरु सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि यूएनएफपिएले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरु र साझेदारहरुसंग काम गरिरहेको छ । ‘यो महत्वपूर्ण समयमा जीवन बचाउनका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद’ बाकीले बताए । यूएनएफपिए संयुक्त राष्ट्रसंघको एउटा त्यस्तो निकाय हो, जसले प्रत्येक इच्छित गर्भधारण सुरक्षित शिशुको जन्म र प्रत्येक युवाको संभाव्यताहरूको पूरामा जोड दिँदै आएको छ ।

जसका लागि पनि यसले आफ्ना स्थापना कालदेखि नै चीन सरकारको सहयोगमा यूएनएफपिएले महिला तथा युवतीहरुका लागि जीवन रक्षक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाविरुद्धका सेवाहरुको निरन्तरता सुनिश्चित गर्दै संक्रमण रोकथाम गर्ने नेपाल सरकारको प्रयासलाई विभिन्न सहयोगहरु प्रदान गर्दै आएको छ । र, यस्तै आगामी दिनमा पनि सो सहयोगलाई निरन्तराता दिइने जनाएको छ ।