सिरहा– मिर्चैया नगरपालिकाले गरेको कामप्रति असन्तुष्टयहाँका स्थानियले झण्डै चार वर्ष हुन लाग्यो गुनासो गर्न थालेको । नगरपलिकाले बजेट दुरुपयोग गर्दै बजेट चलाउनको लागि आफ्नो आसपास कार्यकर्तालाई दिई चर्म लापरवाही गरेको गतिविधिप्रति यहाँका स्थानिय रुष्ट छन् । यद्यपि अहिलेसम्म उनीहरुको गुनासोको सुनुवाई भने हुन सकेको छैन ।


ADVERTISEMENT


नगरपालिकाद्वारा गरिएका अधिकांश निर्माणका कार्यहरु कमसल रहेको स्थानियको भनाई छ । नगर प्रमुख शर्बन यादव जिम्मेवारी पाएको वर्षाै बित्न लागिसक्दा पनि आफुहरुको गसनासो सबन्धित निकायले नसुनेको स्थानिय बताउँछन् ।


ADVERTISEMENT

# # #


मिर्चैया नगरपलिकाको मुल ठाँउ भनेको ५ र ६ वडा हो । यहाँका नगरपलिकामा कार्यालय, बैंक लगायतका संस्थाहरुको पहुँच भएता पनि अन्य विकासको स्थिति भने शुन्य रहेको छ । नगर प्रमुख आफै दैनिक आवत जावत गर्ने बाटोको समेत उचित निर्माणको अभावमा यहाँका सर्वसाधारण यात्रा गर्दा अनेकौ असहजतासंग जुध्न बाध्य छन् । यस्तै यहाँ निर्माण गरिएको विकासका कार्यहरु पनि अनुचित रहेको स्थानिय बताउँछन् ।

बरु यहाँका नगरपालिकाको तुलनामा यहाँको वडाहरुले धेरै हदसम्म कार्य गरेको देखिएको छ । यसै सन्दर्भमा एक वडा प्रतिनिधि भन्छन्, ‘बरु वडाले गरेको काम प्रती सन्तुष्ट छु ।’ हुन पनि नगरपलिकाबाट प्राप्त बजेटलाई वडाध्यक्षहरुले आम जनताको आवश्यकता अनुरुप त्यसैमा खर्चिने गरेको छ । यद्यपि यसका लागि पनि आफूहरुले उचित बजेट नपाएको वडाध्याक्षहरुको समेत गुनासो छ ।

नगारपालिकाको मौन प्रतिक्रिया र स्थिर विकासबाट आजित एक स्थानिय भन्छन्, ‘सिरहा जिल्लाकै एक मात्रै स्मार्ट सिटी मिर्चैया नगरपालिका हो । तर, यो घोषणा मै सिमित भएको छ । र, यो देख्दा दुःख पनि लाग्छ ।’ स्मार्ट सिटी : सम्भावना व्यापार र व्यावसायिक लागि यस्तो उपयुक्तत ठाँउ भएपनि त्यसको दुरुपयोग भएको उनको बुझाई छ ।