काठमाडौँ – पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


मंगलबार ज्ञानेन्द्रले सामाजिक सञ्जाल फेसबुककमा उनले पारसलाई नेपाली क्रिकेट टोलीले याद गरिरहने बताएका छन् । उनले पारस बिना मैदानमा छिर्नु एक कठिन कार्य हुने समेत जनाएका छन् ।


ADVERTISEMENT

# # #


करिब १० वर्ष पारस कप्तान हुँदा उपकप्तानको भूमिका निर्वाह गरेका ज्ञानेन्द्रले भनेका छन्, ‘तिमीले क्रिकेट टिमलाई मात्रै प्रेरित गरेनौँ, तिमीले देशका लाखौँ मानिसलाई पनि प्रेरित गर्‍यौ । वास्तवमै तिमी महान छौँ । एक उत्कृष्ट नेतृत्वकर्ता र च्याम्पियन खेलाडी । क्रिकेटमा तिम्रो योगदान अतुलनीय छ । तिमी बिनानै मैदानमा छिर्नु एक कठिन कार्य हुनेछ । सबैकुराका लागि धन्यवाद पारस । हामीले तिमीलाई अवश्य पनि याद गर्नेछौँ ।’

३४ वर्षीय पारसले मंगलबार बिहान अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।