काठमाडौँ – आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।


ADVERTISEMENT


घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले १ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


आइपीओ निष्काशनका लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौगत वीर चौधरी तथा सनराईज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृ विजय लाल श्रेष्ठकाबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कम्पनीले निकट भविष्यमै आईपीओ निष्काशन गर्ने जनाएको छ ।