काठमाडौँ– उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बसेको बैठकले सो निर्णय गरेको हो ।


ADVERTISEMENT


पछिल्लो पटक बढ्दै गएको कोरोना संक्रमणको दरलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले अबको निषेधाज्ञाको अनुगमन कार्यलाई थप प्रभावकारी बनाइने जनाएको छ । प्रशासनले यसका लागि जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र अटेर गर्नेलाई आवश्यक कारवाहि समेत गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #


तत्कालका लागि सोहि नियम लागु गर्दै निषेधाज्ञा बढाइए पनि कोरोना संक्रमणदरको बढ्दै गएको खण्डमा आगामी दिनमा नियमलाई फेरबदल गर्नेसम्बन्धि आवश्यक छलफल गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको भनाई छ । जारी निषेधाज्ञामा भिडभाड रोक्न स्थानीय निकायको सहभागीतामा प्रचार प्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने निर्णय भएको उनले बताए ।

कोरोना दोस्रो लहरका कारण भन्दै गत वैशाख १६ गतेदेखि कायम गरिएको निषेधाज्ञाको पछिल्लो समयावधि बुधबार १२ बजे सकिदैँछ ।