कास्की– पोखरा महानगरपालिका–१३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग ४ प ४६४२ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका–७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका–१३ मियापटन बस्ने स्याङजा पुतलिबजार नगरपालिका– ९ घर भएका २३ वर्षीय धिराज सुनार रहेको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


गत वैशाख २६ गते राति उक्त मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरी गरेको मोटरसाइकल सहित उनीहरु पक्राउ परेका हुन् ।

उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।