काठमाण्डौं : युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह डीको मंगलबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । ओलाम्पियाकोसले बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दा युभेन्ट्स पनि स्पोर्टिङ लिस्बनसँग १-१ को बराबरीमा रोकियो ।


ADVERTISEMENT


ब्रुनो सेजारको गोलमा घरेलु टोलीले अग्रता लिएपनि युभेन्ट्सका गोन्जालो हिगुआइनले ७९ औं मिनेटमा बराबरी गोल गरे ।


ADVERTISEMENT

# # #


यस नतिजासँगै अंक तालिकामा कुनै हेरफेर भएको छैन । बबार्सिलोना १० अंक सहित शीर्ष स्थानमा छ भने युभेन्ट्सले ७ अंकमा रहेको छ ।   –  आजको कान्तिपुरबाट