काठमाण्डौं :नेपालले मलेसियामा हुन लागेको एसीसी यू–१९ एसिया कपमा बंगलादेशसँग पहिलो खेल खेल्ने भएको छ । नोभेम्बर ११ देखि १९ सम्म हुने प्रतियोगितामा समूह ‘ए’ मा नेपाल र बंगलादेशसँगै डिफेन्डिङ च्याम्पियन भारत र आयोजक मलेसिया छन् ।


ADVERTISEMENT


नेपालले नोभेम्बर ११ मा बंगलादेशसँग किन्नारामा खेलेर प्रतियोगिता सुरु गर्नेछ । त्यसपछि १२ मा भारत र १४ मा मलेसियासँग बायुमासमा खेलेर समूह चरण टुंग्याउने छ । अर्को समूहमा पाकिस्तान, श्रीलंका, अफगानिस्तान छन् । अर्को एक टोली जारी वेस्टर्न रिजनको विजेता बनेर आउने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् ।


ADVERTISEMENT

# # #


प्रतियोगिता तयारीका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली यू–१९ टोली बंगलादेशमा छ । नेपालले बंगलादेशसँग नोभेम्बर २, ४ र ५ मा गरी तीन अभ्यास खेल खेल्दै छ । नेपाली टोली नोभेम्बर ६ मा ढाकाबाट काठमाडौं आइपुग्नेछ र त्यसको भोलिपल्टै मलेसिया लाग्नेछ ।

सन् २०१२ मा सुरु एसीसी यू–१९ एसिया कपको यो चौथो संस्करण हो । दसैंअघि मलेसियामै भएको इस्टर्न रिजनको विजेता बन्दै नेपाल एसिया कपलाई छनोट भएको हो । यसअघिका तीन प्रतियोगितामा नेपाल समूह चरणबाट माथि जान सकेको थिएन । -आजको कान्तिपुरबाट