झापा– तीन मुद्दा अभियोग लागेका फरार अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु पक्राउ परेका छन् ।


ADVERTISEMENT


जिल्ला मोरङ मधुमल्ला १ घर भई हाल मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा बसोबास गर्ने ३४ वर्षीय लिम्बुलाई बिहिवार इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीमाथि मानव अपहरण तथा शरिर बन्धक र जबरजस्ती चोरी मुद्दा अभियोग रहेको छ । उनलाई झापा जिल्ला अदालतले मिति २०७३ माघ ५ गते नौ बर्ष १ महिना १५ दिन कैद र रु. ७८,८०० जरिवाना तोकिएको प्रहरी नायब उपरीक्षक तथा प्रहरी कार्यालय प्रवक्ता राकेश थापाले जानकारी दिए ।

पक्राउ लिम्बुलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको र अदालतले उनलाई बाँकी कैद भुक्तानको लागी श्री कारागार कार्यालय चन्द्रगढी चलानको आदेश दिएको प्रवक्ता थापाले जानकारी दिए ।