काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ देखि निर्धारित परीक्षा स्थगन गरेको हो ।


ADVERTISEMENT


शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलियाकाअनुसार कोभिड बढ्दै गएका कारण परीक्षा स्थगन गरिएको हो ।


ADVERTISEMENT

# # #


सीसीएमसीले बोर्डलाई कोभिड बढ्दै गएका कारण परीक्षा रोक्न पत्राचार गरेकोमा विद्यार्थी तथा अभिभावकले पनि परिक्षा रोक्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।