काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले कोरोनाको जस्तै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनेमा शंका व्यक्त गरेका छन् ।
ट्विट गर्दै नेता भट्टराईले पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने बताएका हुन् ।
तर नयाँ भेरियन्ट अझ बढी खतरनाक हुने बताउँदै उनले भनेका छन्, ‘पहिलोले संविधानको स–शरीर हत्या गर्दै थियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।’ जसकारण आफ्ना गुट र पार्टीतर्फ शंका गर्नुपर्ने र ढुक्क भएर नफर्किन उनले सुझाएका छन् ।