काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि प्रश्न गरेका छन् ।


ADVERTISEMENT


पार्टी विधानअनुसार चार वर्षमा महाधिवेशन गर्नुपर्नेमा असाधारण परिस्थिति भन्दै १ वर्ष र पुनः देशको संविधानलाई समातेर ६ महीना समय थप गरिएकोमा उनले रोष प्रकट गरेका छन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमा लेख्दै उनले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको भन्दै भनेका छन्, ‘यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’

उनले यो देशको विडम्बना भएको बताउँदै अगाडि लेखेका छन्, ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’