काठमाडौँ – बजार पल्सरले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर गर्ने भएको छ ।


ADVERTISEMENT


यससँगै चौथो संस्करणको इपीएलको नाम ‘बजाज पल्सर ईपीएल’ हुने भएको छ । सोमबार एक कार्यक्रमकाबीच इपीएलका तर्फबाट प्रबन्ध निर्देशक आमिर अख्तर र बजाजका तर्फबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि बोल्दै अध्यक्ष गोल्छाले नेपाली युवाहरुले बजाजलाई माया गरेको र पछिल्लो समय युवाहरुमाझ क्रिकेट पनि लोकप्रिय बनेको भनेकाले क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा स्पोन्सर गरेको बताए ।


ADVERTISEMENT

# # #


‘हामीले सँधै नेपाली खेलकुदलाई बढवा दिएका छौँ र वर्षौंदेखि खेल पुरस्कारमा प्रयाजन गर्दै आएका छौँ । यो एशोसिएसनले देशभरिबाट पक्कै पनि धेरै गुणस्तरीय खेलाडीहरुलाई जन्म दिनेछ ।’ उनले भने, ‘हामीलाई आशा छ कि उनीहरु पनि राष्ट्रिय टोलीका लागि नयाँ खोजको रुपमा स्थापित हुनेछन् ।’

उनले बजाज पल्सर नेपालको खेलकुद विकासका लागि हरपल प्रतिवद्ध हुँदै आएको र भविष्यमा पनि हुने बताए ।

यस्तै ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले ईपीएलले स्थापनाकालदेखि नै नेपाल र विदेशका क्रिकेटप्रमीहरु जुटाउन सफल भएको भन्दै ईपीएललाई प्रायोजन गर्ने ब्राण्डको प्रतियोगिता समापनपछि उच्च सम्मान पाउँदै आएको बताए ।

उनले भने, ‘बजाज ब्राण्ड एक उत्कृष्ट उदाहरण हो । यो सत्य हो कि हामी ईपीएलमा लगातार उत्कृष्टताको प्रयास गरिरहेका छौँ र हामीलाई आशा छ कि यो एशोसिएसनले सबै सरोकारवालाहरुका लागि सफलता र खुसीका धेरै पलहरु ल्याउने छ ।’

यसैबीच सोही कार्यक्रममा ईपीएलको ट्रफी समेत सार्वजनिक गरिएको छ ।

असोज ९ देखि असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

यस पटक पाकिस्तानका पूर्वकप्तान शाहीद अफ्रिदी, खेलाडी शोयब मालिक, वेष्ट इण्डिजका अलराउन्डर कार्लस् ब्याथरह्वेट लगायतका चर्चित खेलाडीले ईपीएल खेल्दैछन् ।