काठमाडौँ– माओवादी केन्द्रले उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो लगाएको छ । बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको काठमाडौँ–६, ८ र १० त्यस्तै ललितपुर–३ को प्रतिनिधिसभामा उमेदवारी टुंगो लगाएको हो ।


ADVERTISEMENT


पार्टीका काठमाडौँ इन्चार्ज लेखनाथ न्यौपानेका अनुसार काठमाडौँ–६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित र १० हितमान शाक्य उमेदवार तोकिएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाल चुनाव लड्नेछिन् । भुषाल ०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

काठमाडौं ६ बाट उमेदवार बन्न लागेका सुवेदीले ०६४ को निर्वाचनमा एमालेको तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई हराएका थिए भने शाक्य काठमाडौँ–६ बाट निर्वाचित भएका थिए ।

यसअघि काठमाडौं १० मा नेता रामबहादुर थापा बादललाई अघि सार्ने तयारी गरे पनि निर्णय भने शाक्यको पक्षमा भएको छ ।