काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा एसएसबीले तुइन काटेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको संसदलाई सत्यतथ्य जानकारी गराउन रुलिङ गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाबारे संसद्लाई यथासक्य चाँडो जानकारी दिन सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन् यसअघि बैठकमा बैठकमा सांसदहरूले दार्चुला घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका थिए । सभामुख सापकोटाले यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।


ADVERTISEMENT

# # #


साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा जाने क्रममा एसएसबीले तुइन काटिदिदा जयसिंह धामी बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । उक्त घटनको छानविन गर्न सरकारले समिति गठन गरेको छ ।