काठमाडौँ– सुनसरी क्षेत्र नं ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेकी विकासवादी नेतृ भगवती चौधरीले चुनाव प्रचार अभियानलाई अगाडी बढाएकी छन् । सुनसरीको विकासका लागि दिलोज्यान लाग्ने चौधरी यो पटक चुनाव जित्ने ध्याउन्नमा छिन् ।


ADVERTISEMENT


फेरि यस पटक पनि उनले कांग्रेसका विजय गच्छदारलाई प्रतिस्पर्धीका रुपमा पाएकी छन् । सत्ताको लोपमा लिप्त गच्छदारले जति पटक चुनाव जिते पनि त्यहाँका जनताको समुन्नत विकासका लागि केही काम गर्न सकेका छैनन् । यस पटक गच्छदारलाई पराजयको स्वाद चखाउने भन्दै नेतृ चौधरी भन्छिन्, ‘२०४७ सालको राजनैतिक परिवर्तन पश्चात पटक पटक मन्त्री हुँदा पनि जनतालाई विकासको चखाउन नसकेका गच्छदारलाई यो पटक पराजय गर्ने बेला आएको छ ।’


ADVERTISEMENT

# # #


सुनसरीका जनताका लागि गच्छदारले केही पनि गर्न नसकेको बताउँदै उनले भनिन्, ‘सुनसरी क्षेत्र नं ३ का जनतालाई बिकास चाहिएको छ, बुढो गोरु होईन ।’
सुनसरीको विकासका लागि अब भगवति चौधरी जस्तै नेतृत्वको आवश्यकता छ ।