काठमाडौँ – गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा अधिकांश सूचकमा सुधार गर्र्दै खुद नाफा ४३ प्रतिशतले वृद्धि गरेको छ । आव २०७६÷७७ मा बैंकको खुद नाफा ५७ करोड ७२ लाख रहेकोमा गएको आवमा उक्त नाफा ८२ करोड ५२ लाख पुगेको छ, जुन ४२ दशमलव ९६ प्रतिशतले बढी हो ।


ADVERTISEMENT


यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६० करोड ५७ लाख रहेको छ । चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख, वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा, शेयरधनी ६१ करोड र जगेडा कोषमा १ अर्ब बढी रहेको छ ।


ADVERTISEMENT

# # #


खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगैँ बैंकको खुद नाफामा वृद्धि भएकोमा असार मसान्तसम्म बैंकले ६३ अर्ब ९० करोड निक्षेप संकलन गरेको छ, यो वार्षिक ५० दशमलव ६० प्रतिशतले वृद्धि भएको हो । यसैगरी यस अवधिसम्ममा कर्जा परिचालनमा ४८ दशमलव ६० प्रतिशतले वृद्धि गर्दै ५१ अर्ब ८० करोड कर्जा परिचालन बैंकले गरेको छ ।

यस अवधिमा बैंकको पूँजीकोष ११ दशमलव ४२ प्रतिशत, खराब कर्जा अनुपात ० दशमलव ७२ प्रतिशत, कोषको लागत ६ दशमलव १७ प्रतिशत, आधार ब्याजदर ८ दमशमलव १७ प्रतिशत, स्पेडदर ४ दशमलव ५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४ दशमलव ०१ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात २४ दशमलव २३ गुणा रहेको छ।