काठमाडौँ– नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको महाधिवेशन वैधानिक समयसिमा भित्रै हुनुपर्ने माग राखेका छन् ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै युवानेता महरले कार्यकर्ताको चाहानालाई बेवास्ता गर्न नपाइने भन्दै महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आज बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ लाखभन्दा बढि क्रियाशिल कार्यकर्ताको महाधिवेशनको चाहाना विरुद्ध गएर मनपरी नगर्न खबरदारी समेत गरेका छन् ।

उनले महाधिवेशनको विकल्प महाधिवेसन नै भएकोले वैधानिक समयभित्र महाधिवेशनका लागि युवाहरुले खवरदारीका साथ नेतृत्वलाई दबाब दिने बेला आएको समेत बताएका छन् ।