बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।


ADVERTISEMENT


प्रदेश प्रमुख कार्यालयमा आज साँझ आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरूप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणपछि मुख्यमन्त्री केसीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । केसीले ४१ सदस्य रहेको नेपाली काङ्ग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए । केसी रोल्पा १ (क)बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।