काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरिरहेको छ । । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवर्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो ।


ADVERTISEMENT

# # #


सोही पेरीफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो । आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो ।

गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो । नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ ।

प्रत्यक्ष हुर्नुहोस्: