एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्व शक्तिका लागि उदाएको टिप्पणी गरेका छन् । ७५ औं स्वतन्त्रता दिवसमा लाल किल्लामा झण्डा फहराएर देशबासीका नाममा सम्बोधन गर्दै उनले भारत विश्वमा शक्तिशाली मुलुक बन्न उदाएको बताएका हुन् ।
उनले भने, नयाँ एयरपोर्ट बनिरहेका छन्, उडान योजनाले विभिन्न स्थानलाई जोडिरहेका छन्, यो अभूतपूर्व विकास हो ।’ उनले एक अर्ब भन्दा बढीको लगानीमा ‘गति शक्ति’ अभियान चलाइ लाखौँ युवालाई रोजगार बनाउने बताए । देशको अर्थतन्त्र एकीकृत पार्दै एक दशकमा भारतको अंग्रगामी छलाङ मार्ने बताए ।
यसैगरी उनले हालसम्म सैनिक स्कूलमा छात्रहरुले मात्रै पढ्न पाउने व्यवस्था बदल्दै छात्रालाई पनि पढ्ने व्यवस्था मिलाउने बताएका छन् ।
उनले ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास’ नाराका साथ सबै सैनिक स्कूलमा छात्राले पनि पढ्न पाउने बताए ।
कोभिडका कारण इतिहासमै पहिलोपटक थोरै जनाको उपस्थितिमा लालकिल्लामा कार्यक्रम गरिएकोमा कार्यक्रममा पहिलोपटक एमआई हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको थियो ।